Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्युजिल्याण्डको एक छात्रावासमा आगलागी हुँदा ६ जनाको मृत्यु

एजेन्सी । न्युजिल्याण्डको राजधानी वेलिङ्गटनको एक छात्रावासमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

३० जनाको अवस्था अज्ञात रहेको छ । उनीहरुको खोजी भइरहेको छ ।

चार तले आवासीय भवनमा गएराति आगलागी भएको र भवनमा ९२ जनासम्म बस्न मिल्ने कोठा रहेको बताइएको छ ।

तर आगलागी हुँदा भवनमा कतिजना थिए भन्ने खुल्न सकेको छैन ।

आगलागी नियन्त्रणका लागि २० वटाभन्दा धेरै दमकल प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077