Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्वराजा ज्ञानेन्द्र शाह ६ गते किन आउँदै छन् धनगढी ?

    पूर्वराजा ज्ञानेन्द्र शाह ६ गते किन आउँदै छन् धनगढी ?

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 804
    SHARES

    कैलाली । पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिमको धनगढीमा आउने भएका छन् ।

    देश तथा बिदेशको भ्रमणको दौरानमा रहेका पूर्व राजा शाह जेठ ६ गते धनगढीमा आउने भएका हुन् । धनगढीमा पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ ।



    पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ। पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मुल समारोह समति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए ।



    पूर्व राजाको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने जोशीले बताए। नागरिक अभिनन्दनका लागि जेठ पाँच गते पूर्व राजपरिवार धनगढी पुग्ने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार