Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेले मधेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

जनकपुरधाम । नेकपा (एमाले) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार सरकारमा सहभागी भएको दुई महिनापछि एमालेले समर्थन फिर्ता लिएको हो।

चार वटा मन्त्रालयसहित सरकारमा सहभागी भएको एमाले गत चैत २ मा नै सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो ।

मधेस प्रदेश एमालेको २५ जना प्रदेशसभा सदस्य रहेका छन् । एमाले सरकारबाट बाहिरिएसँगै काँग्रेस, लोसपा र नेकपा एस सरकारमा सहभागी हुने गृहकार्य सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077