Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : लखनउको रोमाञ्चक जित, प्लेअफ सम्भावना बलियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई ५ रनले हराएको छ ।

गएराति लखनउमा भएको रोमान्चक खेलमा मुम्बईलाई हराएको लखनउले प्लेअफ सम्भावना बलियो बनाएको हो ।

जितका लागि १ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । जितसँगै लखनउ १३ खेलमा १५ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

समान १३ खेलमा मुम्बई १४ अङ्कका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077