Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ च्याम्पियनसिपको 'ड्र' सार्वजनिक, नेपाल र भारत एउटै समूहमा

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले साफ च्याम्पियनसिप २०२३ को ड्र निकालेको छ ।

आगामी असार ६ देखि १८ सम्म आयोजना हुने पुरुष साफ च्याम्प्यिनसिपमा नेपाल र भारत एकै समूहमा परेका छन् ।

ड्रमा नेपाल ,भारत, पाकिस्तान र कुवेत समूह ‘ए’ मा परेका हुन् । नेपालको समूहमा भारत र कुवेतसँगै पाकिस्तान रहेको छ ।

समूह ‘बी’ मा लेबानन्, माल्दिभ्स, भुटान र बंगलादेश छन् । भारतको बेंगलुरुमा हुने च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

फिफाको प्रतिबन्धको कारण यो संस्करणमा श्रीलंकाको सहभागिता रहने छैन । भने, कुवेत र लेबनानले आमन्त्रित टीमको रूपमा खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077