Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तत्कालीन निलम्बित प्रधानन्यायाधीश जबराको मुद्दामा बहस नोट माग

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग फुकुवासम्बन्धी विवादमा बहस नोट माग गर्ने आदेश दिएको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले बुधबार दुवै पक्षको बहसपछि फैसलाका लागि बहस नोट माग गर्ने आदेश दिएको हो।

महाभियोग लागेर निलम्बन भएपछि अवकाश पाउनुअघि संसद्‌बाट फुकुवा भएको पत्र प्राप्त गरेका जबराको मुद्दामा दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश भएको हो।

गत फागुन १ गते सर्वोच्चको प्रधानन्यायाधीश रहेका जबराविरुद्ध तत्कालीन सत्तारुढ दलले महाभियोग दर्ता गरेको थियो। महाभियोग दर्ता भएलगत्तै निलम्बनमा परेका जबराले अवकाश प्राप्त गरेपछि पनि उक्त विवाद निष्कषर्मा पुग्न सकेको छैन।

गत मङ्सिर १ गते सङ्घीय संसद्का महासचिव भरतप्रसाद गौतमले महाभियोग फुकुवा भएको पत्र जबरालाई पठाएका थिए। त्यस पत्रविरुद्ध वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले संवैधानिक इजलासमा संसद्को महासचिवले महाभियोग फुकुवा भएको निर्णय गर्न नसक्ने उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

सोही विवादमा बुधबार बहस नोट माग गरिएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077