Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरणमा दोषी नउम्किने गरी टुंगो लगाउनुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले नक्कली शरणार्थी प्रकरणमा निर्दोष कसैलाई फसाउने र दोषीलाई उम्किन दिन नहुने बताए ।

महासचिव पोखरेलले नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यका विरुद्धको घात भएको उल्लेख गर्दै यस्ता घटनाप्रति राज्य सशक्त भएर काम गर्न आवश्यक रहेको बताए ।

उनले निर्दोष कसैलाई फसाउने र दोषी उम्किन नदिनेगरी छानबिन हुन जरुरी रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077