Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग्दै एकीकृत समाजवादीद्वारा प्रदर्शन

    भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग्दै एकीकृत समाजवादीद्वारा प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 735
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरुलाई कारबाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीले प्रदर्शन गरेको छ ।

    बिहीबार काठमाडौंको माइतीघर मण्डलामा केन्द्रीय मोर्चा संगठन विभागले प्रदर्शन गरेको हो ।



    समाजवादीका कार्यकर्ताहरुले युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही गर लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।



    प्रदर्शनमा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

    समाजवादीको मोर्चा संगठनले बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको थियो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीदेखि सांसदहरू नै जोडिन थालेपछि चौतर्फी रूपमा कारबाही माग भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार