Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पुलबाट हामफाली आत्महत्या प्रयास, सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

    पुलबाट हामफाली आत्महत्या प्रयास, सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 993
    SHARES

    रामेछाप । रामेछापको मन्थलीमा पुलबाट नदीमा हामफालेका एक जनालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।

    मन्थली नगरपालिका १ आकाशेस्थित तामाकोशी नदीको पक्की पुलबाट हामफालेका वडा नम्बर ७ बडारेका २५ वर्षीय हर्कमान माझीलाई उद्धार गरिएको हो ।



    माझीले नदीमा पुलबाट हाम फालेको देख्ना साथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदारराज खड्काको कमाण्डको टोलीले नदीबाट बाहिर निकाली जीवितै उद्धार गरेको हो ।



    सशस्त्र प्रहरीका अनुसार उपचारको लागि उनलाई मन्थली अस्पतालमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार