Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अमेरिका लैजाने भन्दै काठमाडौं ल्याएर बन्धक, ३० जनाभन्दा धेरैको उद्धार

    अमेरिका लैजाने भन्दै काठमाडौं ल्याएर बन्धक, ३० जनाभन्दा धेरैको उद्धार

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अमेरिका पठाइदिने काठमाडौंमा बन्धक बनाइएका ३० जनाभन्दा धेरैलाई प्रहरीले उद्धार गरेको छ ।

    स्थानीयको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंको विशेष टोलीले बुधबार उनीहरुलाई रातोपुल क्षेत्रबाट उद्धार गरेको हो ।



    काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार अमेरिका पठाउने भन्दै पैसा असुल गरेर दलालहरूले रातो पुलस्थित एउटा घरमा ३० जना भन्दा बढीलाई बन्धक बनाइराखिएको थियो ।



    ३० जनाभन्दा बढीको उद्धार भइसकेको र अझै अप्रेसन जारी रहेको प्रहरीले जनाएको छ । बिचौलियाहरूले उनीहरूलाई घरभित्रै थुनेर यातनासमेत दिने गरेको खुलेको छ ।

    उद्धार गरिएकोहरुमा भारतीय नागरिक पनि छन् । यसबारे बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने प्रहरीको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार