Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पर्साबाट अपहरणमा परेका साहको प्रहरीले गर्‍यो भारतबाट उद्धार

    पर्साबाट अपहरणमा परेका साहको प्रहरीले गर्‍यो भारतबाट उद्धार

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 1.5K
    SHARES

    वीरगन्ज । अपहरणमा परेका पर्साका नथुनी साह कलवारलाई भारतको भेलाहीबाट उद्धार गरिएको छ । जिल्लाको कालिकामाई गाउँपालिका ४ का कलवारलाई नेपाल प्रहरीले उद्धार गरेको हो ।

    आइतबार बेलुका अपहरणमा परेका नथुनीलाई आइतबार नै करिब राति साढे १२ बजेतिर सीमावर्ती भारतीय गाउँ भेलाहीबाट प्रहरीले उद्धार गरेको हो ।



    इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले नथुनीलाई पर्साकै पकाहामैनपुर गाउँपालिका-१ धोरे नजिकको सिमानाबाट करिब ३ किलोमिटर भारतभित्र पर्ने भेलाही गाउँबाट भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।



    नथुनीलाई अपहरण गरेको आरोपमा प्रहरीले कालिकामाई-४ कै आमोद चौरसिया (बरई) लाई पक्राउ समेत गरेको छ । पर्सा जिल्ला अदालतबाट मुद्दा जितेर साइकलमा वीरगन्जबाट गाउँ फर्किरहेका बेला आफूलाई उनीहरूले पर्साको प्रसौनी भन्ने ठाउँबाट अपहरण गरेको नथुनीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार