Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामरिक स्वार्थ पूरा गर्ने पुरानै खेल नदोहोरियोस् : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सामरिक स्वार्थ पूरा गर्ने पूरानै खेल नदोहो¥याउन आग्रह गरेका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत डा.भट्टराईले यस्तो आग्रह गरेका हुन् ।

उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र भत्काउन बाह्य शक्तिहरू सक्रिय भएको खबर आउनु गम्भीर र आपत्तिजनक रहेको बताए ।

उनले लेखेका छन् नेपालमा निर्वाचित संविधानसभाबाट बनाएको संविधानका प्रमुख आधारस्तम्भहरू - गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र-एकएक गरी भत्काउन बाह्य शक्तिहरू सक्रिय रहेको कुरा आउनु ज्यादै गम्भीर र आपत्तिजनक छ१नियन्त्रित अस्थीरता मार्फत आफ्नो सामरिक स्वार्थ पूरा गर्ने पुरानै खेल नदोहोरियोस् ! सबै सतर्क रहौं !

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077