Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंक भित्र सामान्य विवाद, पैसा निकालेर बाहिर निस्कने बेला छुरा प्रहार

मोरङ । विराटनगरको ट्राफिक चोकमा युवकमाथि छुरा प्रहार भएको छ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१५ का ३२ वर्षीय राहुलकुमार रायमाथि बिहीबार दिउँसो छुरा प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ग्लोबल आइएमई बैंकबाट पैसा निकालेर बाहिर निस्कने क्रममा उनीमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट रायको हातमा चोट लागेको छ ।

उनको विराट नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै छुरा प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर-१२ का दिपेन्द्र कामत घटनापछि भाग्दै गरेको अवस्थामा चक्कुसहित पक्राउ परेका छन् ।

कामतले सामान्य विवादमा राहुलमाथि छुरा प्रहार गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । कामत र रायबीच बैंक भित्र विवाद भएको बुझिएको छ । घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077