Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कुर्था सुरुवाल बेच्ने बहानामा ठगी, राहुल पक्राउ

    कुर्था सुरुवाल बेच्ने बहानामा ठगी, राहुल पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    सिन्धुली । सिन्धुलीमा कुर्था सुरुवाल बेच्न बाहानामा ठगी गरेको खुलेको छ ।

    जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ५ ऐसेलुजंगारमा कुर्था सुरुवाल बेच्न आउनेले ठगी गरेको खुलेको हो । सोही आरोपमा प्रहरीले सर्लाहीका राहुल शाहलाई पक्राउ गरेको छ ।



    शाहले ३५ सय रुपैयाँमा एक थान कुर्था सुरुवाल किनेमा ५५ सय रुपैयाँको कुपन र आठ हजार रुपैयाँसम्मको जिन्सी सामान पर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ ।



    कुर्था सुरुवाल बेच्ने क्रममा शाहले कुपन नपरे ३५ सय रुपैयाँ पनि फिर्ता हुने र अर्को पाँच थान कुर्था सुरुवाल निःशुल्क पाइने भन्दै ठगी गर्ने गरेको आरोप छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार