Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जीडीपीमा ८१ र रोजगारीमा ८५ प्रतिशत निजी क्षेत्रको योगदान

    जीडीपीमा ८१ र रोजगारीमा ८५ प्रतिशत निजी क्षेत्रको योगदान

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 393
    SHARES

    काठमाडौं । देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको एक अध्ययन देखाएको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आईएफसी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशको कुल गार्हस्थ उत्पादन (जीडीपीमा) मा निजी क्षेत्रले ८१ दशमलव ५५ प्रतिशत योगदान पु¥याएको र त्यसमा सेवा र कृषि क्षेत्रको प्रमुख भूमिका रहेको उल्लेख छ ।



    ‘नेपालमा निजी क्षेत्रको अवस्थाः योगदान र अवरोध’ शीर्षकको प्रतिवेदनले आर्थिक वर्ष २०११/१२ देखि २०२०/२१ सम्मको तथ्यांकलाई विश्लेषण गर्दै नेपालमा निजी क्षेत्रको योगदान र वर्तमान सन्दर्भको मूल्यांकन गरेको छ ।



    प्रतिवेदन नेपालको सम्पूर्ण निजी क्षेत्रका लागि बृहत् आधार रेखा सिर्जना गर्ने पहिलो प्रयास गरेको जनाइएको छ। नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार