Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मुलुकको अर्थतन्त्र सकारात्मक दिशातिर, रेमिट्यान्स बढ्यो

    मुलुकको अर्थतन्त्र सकारात्मक दिशातिर, रेमिट्यान्स बढ्यो

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 471
    SHARES

    काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा रेमिट्यान्स बढेसँगै र आयात तथा निर्यातमा कमी आएसँगै मुलुकको शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा रहेकोे छ । मुलुकबाट बाहिरिने विदेशी रकमभन्दा भित्रिने रकम बढी भएका कारण गत आर्थिक वर्षमा मुलुक शोधनान्तर बचतमा रहेको हो ।

    अर्थतन्त्र धिमा गतिमा रहे पनि मुलुकको अर्थतन्त्र भने सबल भएको तथ्यांक नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको विवरणले देखाएको छ ।



    कोरोना र लकडाउनका कारण सुस्ताएको नेपाली अर्थतन्त्रमाथि उकासिएको सर्वसाधारण र व्यवसायीले अनुभव नगरे पनि केन्द्रीय बैंकको तथ्यांकले नेपालको अर्थतन्त्र लयमा नै रहेको देखाएको छ ।



    केन्द्रीय बैंकका अनुसार राज्यसँग अहिले कुल विदेशी विनिमय सञ्चिती ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । सो सञ्चितीले १० महिनाका लागि वस्तु तथा सेवा आयात धान्न सकिने अवस्था रहेको छ ।

    कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७ दशमलव ४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ ।

    नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिती अघिल्लो आवको तुलनामा गत आव ४ प्रतिशतले वृद्धि भई १ खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । गत असार मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २२ दशमलव ५ प्रतिशत छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार