Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

अमेरिकाकाे अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन खेदजनक: रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रकाशित अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन खेदजनक रहेको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत अमेरिकी विदेश मन्त्रालयद्वारा प्रकाशित अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनमा आपत्ति जनाएका हुन् ।

वरिष्ठ उपाध्यक्ष मिश्रले अमेरिकी विदेश मन्त्रालयजस्तो जिम्मेवार संस्थाबाट प्रकाशित प्रतिवेदनमा नेपालका बारे सुनेकै आधारमा कयौँ गम्भीर आरोपहरू लगाइएका आरोप लगाए।

नागरिक समाजको भनाई भन्दै आधारहीन कथनहरू समेट्दा त्यसले राजनीतिक दलको प्रतिष्ठामा नकारात्मक प्रभाव पर्ने भन्दै उनले आपत्ति समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077