Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कमल थापाको टिप्पणी - अधिकांश पुरानै नीति र कार्यक्रमको कपिपेष्ट, पट्यारलाग्दो

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम ‘कपी–पेष्ट’ गरी शब्द र सन्दर्भ तलमाथि पारिएको टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सरकारको नीति तथा कार्यक्रममाथि यस्तो टिप्पणी गरेका हुन् । उनले नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने कार्यक्रमको पुलिन्दा भएको बताए । अनावश्यक ढंगको लामो र पट्यारलाग्दो भएको उनले प्रतिक्रिया दिए । उनले संकटग्रस्त अर्थतन्त्र सुधारबारे कुनै ठोस नीति नभएको भन्दै सनातन धर्म संस्कृति संरक्षणमा प्रतिवद्धताको सर्बथा अभाव भएको बताए । रोजगारी सिर्जनामा ओठे प्रतिवद्धता मात्र भएको कुनै भरपर्दो नीति कार्यक्रम नदेखिएको भन्दै उनले विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्ने नीतिलाई भने सकारात्मक रुपमा लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077