Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मधेसको मुख्यमन्त्रीमा यादवलाई नै निरन्तरता दिने गठबन्धनमा सहमति

    मधेसको मुख्यमन्त्रीमा यादवलाई नै निरन्तरता दिने गठबन्धनमा सहमति

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सत्ता गठबन्धन दलहरुबीच मधेस प्रदेशमा आलोपालोको सहमति अनुसार अहिलेकै पहिलो चरणमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको छ ।

    शुक्रबार बालुवाटारमा भएको छलफलमा जनता समाजवादी पार्टीका सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति जुटेको हो ।



    सत्तारुढ गठबन्धनका दलहरुले उपचुनावअघि भएको सहमतिअनुसार मुख्यमन्त्री छाड्न दबाव दिएका थिए । नेताहरुका अनुसार १० वैशाखको उपचुनावपछि शीर्ष तहमा भएको छलफलमा जसपाले मुख्यमन्त्री छाड्ने सहमति भएको थियो ।



    तर जसपाले मुख्यमन्त्री छाड्न चाहेन, बरु यादव नेतृत्वकै सरकारमा आउन अरु दलाई प्रस्ताव गरेको थियो । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र मधेस प्रदेशका अन्य नेताहरुबीच छलफल भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार