Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विभिन्न प्रलोभन देखाई ८ करोड २५ लाख रुपैयाँ ठगी, कांग्रेसका युवा नेता पक्राउ

    विभिन्न प्रलोभन देखाई ८ करोड २५ लाख रुपैयाँ ठगी, कांग्रेसका युवा नेता पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । करोडौं ठगी गरेको आरोपमा प्रहरीले कांग्रेस नेतालाई पक्राउ गरेको छ । विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ८ करोड २५ लाख ठगेको आरोपमा कांग्रेस महासमिति सदस्य कृष्णमुरारी गुरुङ पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले केही दिनअघि सिन्धुलीको गोलन्जर गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका गुरुङलाई ठगी मुद्दामा पक्राउ गरे पनि शुक्रबार मात्र घटना सार्वजनिक गरेको हो ।



    पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको परीसरका प्रवक्ता एसपी सिताराम रिजालले बताए ।



    एसपी रिजालका अनुसार उनी पटकपटक गरी सुरेश केसीसँग नगद सात करोड ७५ लाख रुपैयाँ र २० तोला सुन लिएर फरार भएका थिए ।

    ०७४ सालको असोज महिनामा देउबहादुर गुरुङसँग ३० लाख रुपैयाँ लिएको पनि प्रहरीले जनाएको छ । त्यस्तै, गाडी बिक्री गर्न २० लाख चाहिने भन्दै सरिता गुरुङसँग २० लाख रुपैयाँ लिएको आरोप लागेको छ ।

    गुरुङले आफ्नो व्यवहार एवं व्यापार मिलाउन भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको उनले बताए । प्रहरीले उनीविरुद्ध ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार