Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकता र परिवर्तनको रक्षाको संकल्पसहित म प्रधानमन्त्रीको जिम्मेवारीमा छु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् ।

राजधानीमा शनिवार आयोजित हाफ म्याराथनको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

'यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्पसहित यसपटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु,'प्रधानमन्त्री प्रचण्डले भने,'हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरूबीच छलफलमा छौं ।’

शीर्ष नेताहरूबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरू, संक्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्नमै केन्द्रित हुने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077