Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस, एमाले र माओवादीले देशको समस्या समाधान गर्न सक्दैनन् : बाबुराम भट्टराई

ललितपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिष्ट पार्टीहरु भ्रष्टीकरणमा फसिसकेको आरोप लगाएका छन् ।

शनिबार समाजवादी पार्टी जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

आफूलाई कम्युनिष्ट भन्ने एमाले, माओवादीमा राज्यसंयन्त्र कब्जा गर्ने र पुरै भ्रष्टीकरण भएर जाने खतरा देखिएको उनको आरोप छ ।

त्यस्तै उनले कांग्रेस पुरानो विचार लिएर दिशाहीन रुपमा रुमलिएको उल्लेख गरे । उनले धेरैथरीको खिचडी जस्तो पार्टी भएकाले कांग्रेस, एमाले र माओवादीले देशको समस्या समाधान गर्न नसक्ने जिकिर पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077