Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • कांग्रेस, एमाले र माओवादीले देशको समस्या समाधान गर्न सक्दैनन् : बाबुराम भट्टराई

    कांग्रेस, एमाले र माओवादीले देशको समस्या समाधान गर्न सक्दैनन् : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    ललितपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिष्ट पार्टीहरु भ्रष्टीकरणमा फसिसकेको आरोप लगाएका छन् ।

    शनिबार समाजवादी पार्टी जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।



    आफूलाई कम्युनिष्ट भन्ने एमाले, माओवादीमा राज्यसंयन्त्र कब्जा गर्ने र पुरै भ्रष्टीकरण भएर जाने खतरा देखिएको उनको आरोप छ ।

    त्यस्तै उनले कांग्रेस पुरानो विचार लिएर दिशाहीन रुपमा रुमलिएको उल्लेख गरे । उनले धेरैथरीको खिचडी जस्तो पार्टी भएकाले कांग्रेस, एमाले र माओवादीले देशको समस्या समाधान गर्न नसक्ने जिकिर पनि गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार