Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको प्लेअफमा

काठमाडौं । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा आज दिल्ली क्यापिटल्सलाई ७७ रनले हराउँदै चेन्नई प्ले अफमा पुगेको हो ।

चेन्नईले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय ४६ रन मात्रै बनायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोली चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २३ रन बनायो ।

यो जितसँगै चन्नईले १४ खेलबाट १७ अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा छ । हारपछि दिल्ली भने १० अंकका साथ प्रतियोगिताबाटै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077