Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको कश्मीरमा हुने जी–२० सम्मेलनमा चीन सहभागी नहुने

एजेन्सी । चीन भारतमा अर्को साता हुने जी–२० पर्यटन बैठकमा सहभागी नहुने भएको छ ।

मे २२ देखि २४ सम्म श्रीनगरमा आयोजना हुने बैठकमा चीन सहभागी नहुने भएको हो ।

बैठक आयोजना गर्न लागिएको जम्मु कश्मीर विवादित क्षेत्र भएकाले सहभागी नहुने चीनको विदेश मन्त्रालयले जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले विवाद क्षेत्रमा जी–२० को कुनै पनि प्रकारको बैठकको कडा विरोध गर्ने बताए  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077