Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीप लामिछानेविरुद्धको मुद्दामा नाबालिगको सक्कल जन्मदर्ता पेस गर्न आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनवाई रोकीएको छ

जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ता गौशला २६ को उमेर सम्बन्धमा अझै स्पष्ट हुनुपर्ने भन्दै सुनवाई नगरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले प्रतिवादीको सक्कल जन्मदर्ता माग गर्दै अदालतमा पेश गर्न आदेश दिएका छन्।

न्यायाधीश पराजुलीको इजलासले गौशाला २६ को जन्मदर्ता रहेको नुवाकोटको एउटा वडाले पठाएको पत्र स्पष्ट नभएको जनाएको छ ।

सो वडाले जाहेरीकर्ताको वास्तविक जन्ममिति सम्वन्धमा पठाएको पत्र चित्तबुझ्दो नभएकाले फेरि अर्को पत्र ल्याउन इजलासले आदेश दिएको छ ।

पटक-पटक पेशीमा परेर पूर्ण सुनुवाइ अहिलेसम्म हुन सकेको छैन। जाहेरीकर्ताले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो ।

सन्दीप लामिछानेविरुद्धको मुद्दा बैशाख २४ गते स्थगित सूचीमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077