Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्व राजा ज्ञानेन्द्रलाई जेठ १३ गते सुर्खेतमा नागरिक अभिनन्दन गरिँदै

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ ।

नागरिक अभिनन्दन मूल समारोह समितिले आज आइतबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै यहि जेठ १३ गते पूर्व शाहलाई नागरिक अभिनन्दन गरिन लागेको जानकारी गराएको छ ।

अभिनन्दन समारोहमा पूर्वराजा, रानी र राजपरिवारका केही सदस्यहरू पनि सुर्खेत पुग्ने बताईएको छ ।

जेठ १३ गते दिउँसो २ बजेबाट वीरेन्द्रनगरको घण्टाघर अगाडिको खुल्ला मञ्चमा नागरिक अभिनन्दन समारोह हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077