Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्व राजा ज्ञानेन्द्र सपरिवार धनगढी आइपुगे

कैलाली । पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार धनगढी आइपुगेका छन् । सोमबार धनगढीमा हुने नागरिक अभिनन्दनका लागि पूर्व युवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य धनगढी आइपुगेका हुन् ।

उनको आज रातिको बास रुवस होटलमा हुनेछ । उनको साथमा उनका परिवारका सदस्यहरुको पनि बसाइँ रुवसमै हुने बताइएको छ । पूर्व राजाले सुदूरपश्चिम भ्रमण गर्ने भएका छन् ।

भ्रमणको दौरान धनगढीमा भोली पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ। पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ ।

पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मुल समारोह समति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए । धनगढीको कभर्ड हलमा विशाल समारोकाबिच नागरिक अभिनन्द गरिने जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077