Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्व राजा ज्ञानेन्द्र सपरिवार धनगढी आइपुगे

    पूर्व राजा ज्ञानेन्द्र सपरिवार धनगढी आइपुगे

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 690
    SHARES

    कैलाली । पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार धनगढी आइपुगेका छन् । सोमबार धनगढीमा हुने नागरिक अभिनन्दनका लागि पूर्व युवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य धनगढी आइपुगेका हुन् ।

    उनको आज रातिको बास रुवस होटलमा हुनेछ । उनको साथमा उनका परिवारका सदस्यहरुको पनि बसाइँ रुवसमै हुने बताइएको छ । पूर्व राजाले सुदूरपश्चिम भ्रमण गर्ने भएका छन् ।



    भ्रमणको दौरान धनगढीमा भोली पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ। पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ ।



    पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मुल समारोह समति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए । धनगढीको कभर्ड हलमा विशाल समारोकाबिच नागरिक अभिनन्द गरिने जोशीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार