Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : मुम्बईसँग हैदराबाद ८ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।

आइतबार भएको पहिलो खेलमा मुम्बईले हैदराबादलाई ८ विकेटले पराजित गरेको हो ।

हैदराबादले दिएको २ सय १ रनको लक्ष्य मुम्बईले १२ बलअघि नै मात्र २ विकेट गुमाएर भेटायो । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो ।

यो जितसँगै मुम्बईले प्लेअफ खेल्ने सम्भावना कायमै राख्दा राजस्थान रोयल्स भने बाहिरिएको छ । अब मुम्बईले आजै हुने गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीचको खेल कुर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077