Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता र सत्य निरुपणको काम अन्तिम चरणमा छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम दुई वर्षभित्र टुंग्याउने बताएका छन् ।

१४ औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले प्रमुख राजनीतिक दलहरूबीच संसद्मा दर्ता भएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंगोमा पुर्‍याउने समझदारी भएको बताए ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता र सत्य निरुपणको काम अन्तिम चरणमा उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077