Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरानबाट स्वचालित पेस्तोलसहित दुईजना पक्राउ

सुनसरी । सुनसरीबाट एक थान स्वचालित पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको धरान उपमहानगरपालिका–१० मयुरपथ बस्ने ३५ वर्षीय राजेश लिम्बू र वडा–५ देउराली बस्ने २५ वर्षीय कुमार भण्डारी स्वचालित पेस्तोलसहित पक्राउ परेका हुन् ।

एक साताअघि पक्राउ परेकाहरुले दिएको बयानको आधारमा खोजतलास गर्दा लिम्बू र भण्डारी पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

धरान–८ स्थित जनता ग्यारेजमा लुकाइराखेको अवस्थामा मेडइन यूएसए लेखिएको पेस्तोल बरामद भएको बताइएको छ । उक्त ग्यारेजका सचालक भण्डारी हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077