Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीको सम्बोधनप्रति माधव नेपालको टिप्पणी– आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही हुँदैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष ओलीप्रति व्यंग्य गर्दै सरकारको नीति तथा कार्यक्रममाथि गरेको टिप्पणीलाई ‘व्यक्तिगत पीडा र व्यथा’को संज्ञा दिएका छन्।

उनले ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठूलो समस्या रहेको सरकार आफ्नो हातबाट फुस्किएपछि अरूलाई सत्तोसराप गरेर केही नहुने बताए ।

उनले भने, ‘यो देशलाई बनाउन सकिन्छ। त्यसका लागि हामीहरुबीच सहकार्यको आवश्यक्ता छ। एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन। आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन।'

अध्यक्ष नेपालले भ्रष्टचारको जालोलाई तोड्ने काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए।

आइतबार ओलीले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम स्वीकार गर्न नसकिने अडानसहित पुनर्लेखन गर्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077