Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • धनगढी पुगेर पूर्वराजा ज्ञानेन्द्रको प्रश्न – के नयाँ नेपाल भनेको यही हो ?

    धनगढी पुगेर पूर्वराजा ज्ञानेन्द्रको प्रश्न – के नयाँ नेपाल भनेको यही हो ?

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 753
    SHARES

    कैलाली । पूर्वराजा ज्ञानेन्द्र शाहले कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य नसप्रिने बताएका छन् । सोमबार धनगढीमा नागरिक अभिनन्दन कार्यक्रममा आफ्नो धारणा राख्दै शाहले यस्तो बताएका हुन् ।

    कार्यक्रममा उनले नेताहरुप्रति इंगित गर्दै भने, ‘आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर, अरुलाई अल्मल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिँदैन । भोलिको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावना अनुसार नेपाली जनतालाई नै जिम्मा दिऊँ, यसैमा हाम्रो कल्याण छ ।’



    सोझासाझा जनतालाई मूर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च खुल्दै गएको उनले बताए । उनले भोलिको नेपाल बनाउन नेपाली जनतालाई नै जिम्मा दिन अभिनन्दन कार्यक्रममा अपिल गरे ।



    उउनले ‘नयाँ नेपाल’प्रति व्यंग्य गर्दै प्रश्न गरेका छन्, “के नयाँ नेपाल भनेको यही हो ?,” उनको प्रश्न छ, “के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार