Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रको सक्रियताप्रति बाबुरामको टिप्पणी - राजतन्त्रको भूत सल्बलाउनु बिडम्बनापूर्ण छ

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मृत निरंकुश राजतन्त्रको भूत सल्बलाउनु र कतिपय वृत्तमा आजभन्दा हिजो पो राम्रो थियो भन्ने भ्रम पैदा गर्न खोजिनु बिडम्बनापूर्ण रहेको बताएका छन् । सोमवार पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिमको धनगढीमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भएपछि सोमवार राति डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा अघि बढ्नुपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘गणतन्त्र दिवस नजिकिँदै गर्दा देशमा विद्यमान अर्थ–राजनीतिक संकट र जनताको असन्तुष्टिको धमिलो पानीमा माछा मार्ने कोसिस गर्दै मृत निरंकुश राजतन्त्रको भूत सल्बलाउनु र कतिपय वृत्तमा आजभन्दा हिजो पो राम्रो थियो कि भन्ने भ्रम पैदा गर्न खोजिनु बिडम्बनापूर्ण छ ।’ डा. भट्टराईले देश विकास नहुनुको कारणबारे समेत प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077