काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । यही जेठ १२ गतेका लागि कोटेश्वरस्थित होटल तपोवनमा बैठक बोलाइएको हो ।
जनमत पार्टीका नेता बीपी साहका अनुसार जेठ १२ गते बिहान ७ बजेदेखि कोटेश्वरस्थित होटल तपोवनमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्नेछ ।
बैठकले केन्द्र सरकार र मधेश प्रदेश सरकारलाई पार्टीले दिएको समर्थनबारे छलफल गर्नेछ ।
केन्द्र सरकारबाट बाहिरिए पनि जनमतले समर्थन भने फिर्ता लिएको छैन । मधेश सरकारमा भने जनमत पनि सहभागी छ ।