काठमाडौं । कक्षा १० को नेपाली पाठ्यपुस्तकको पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवन हटाइएको विषयमा संसद्मा प्रश्न उठेको छ।
मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले डा. रुइतको जीवनी हटाइएकोमा आपत्ति जनाएका हुन् ।
उनले डा। रुइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रुइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जवाफ दिनुपर्ने माग गरे।
उनले भने, 'डा. सन्दुक रुइतको जीवनी, उहाँको कारण हाम्रो देशको इज्जत बढेको छ । त्यो जीवन पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जीवनी हटाइयो, यसबारे शिक्षामन्त्रीले स्पष्ट जवाफ दिन आग्रह गर्छु।'
साथै सांसद पन्तले पाठ्यक्रममा कुनै दलको आन्दोलनका बारेमा समावेश गर्न नहुने समेत बताए ।