Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपाबाट डा. वीरेन्द्र महतो वनमन्त्री नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई मन्त्री नियुक्त गरेका हुन्।

सिरहा–४ निर्वाचित डा. महतोले अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् ।

यस्तै, प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी तोकेका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ आजै हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077