Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सरकारले विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण लिने

    सरकारले विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण लिने

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 561
    SHARES

    काठमाडौं । सरकारले विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अ‍ेमरिकी डलर सहुलियत ऋण लिने स्वीकृति प्रदान गरेको छ।

    मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजनका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी कार्यक्रमबाट प्राप्त हुने १९ दशमलव ७० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।



    त्यस्तै जापान सरकारबाट मानव संशाधन विकास लागि ४१ करोडको अनुदान स्वीकृति गरिएको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।



    त्यस्तै भन्सार महसुलसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमति दिने निर्णय भएको छ।

    यसले भन्सार महसुलसम्बन्धी नयाँ विधेयक निर्माण गर्ने बाटो खुलेको मन्त्री शर्माले बताइन्। त्यस्तै अजोस २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको उनले बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार