Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विशेष अदालत सम्बन्धी नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

    विशेष अदालत सम्बन्धी नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले विशेष अदालत सम्बन्धी नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

    यस्तै बैठकले व्यवस्थापन तथा नियमन विधेयक, २०८० संघीय सरकारमा पेस गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ ।



    यस्तै बैठकले शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पनि संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णयसमेत गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



    यसैगरी सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अनुचित कार्यहरु नगर्नरनगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार