Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्वराजा शाहलाई रघुजीको सुझाव – राजनीति गर्ने भए पार्टी खोल्नु, चुनाव लडेर आउनुस्

    पूर्वराजा शाहलाई रघुजीको सुझाव – राजनीति गर्ने भए पार्टी खोल्नु, चुनाव लडेर आउनुस्

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले तेस्रोपटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।

    मंगलवार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पन्तले यस्तो चेतावनी दिएका हुन् ।



    उनले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए ।



    उनले राजाले शान्तिपूर्ण रूपले गद्दी छाडेको र दलहरूले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै शाहलाई देशले पूर्व राष्ट्राध्यक्षको रूपमा सम्मान र सुरक्षा दिएको उल्लेख गरे ।

    उनले राज्यले दिएको सम्मानको पूर्वराजाले कदर गर्नुपर्ने बताए । राजनीति गर्न मन छ भने खोल्नु उनले सुझाव दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार