Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले सांसद् पन्तको प्रश्न – निजी क्षेत्रले भ्रष्टाचार गर्दा हुन्छ भन्न खोजिएको हो ?

    एमाले सांसद् पन्तको प्रश्न – निजी क्षेत्रले भ्रष्टाचार गर्दा हुन्छ भन्न खोजिएको हो ?

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 273
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद् रघुजी पन्तले ठुला उद्योगपतिकै संलग्नतामा भ्रष्टाचार घटना घटेको बताएका छन् ।

    राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै सांसद् पन्तले यस्तो बताएका हुन् ।



    सांसद् पन्तले व्यवसायीकै संलग्नतामा भ्रष्टाचार घटना घटेको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।



    उनले निजी क्षेत्रलाई भ्रष्टाचारको मुद्दामा जुनसुकै देश कारबाही गर्ने गरिएको दृष्टान्त सुनाए ।

    सांसद् पन्तले भने,’निजी क्षेत्रले भ्रष्टाचार गरे पनि हुन्छ भन्न खोजिएको हो ? लोभ्याउने, भ्रष्टाचारमा प्रेरित गर्ने काम निजी क्षेत्रबाट पनि हुन सक्छ। उनीहरूलाई कारबाही गर्नुहुँदैन भन्ने कुरा न्यायसङ्गत हुन्छ र ?’

    उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अख्तियारको दायराभित्र निजी क्षेत्रलाई पार्न नहुने भनेपछि सांसद् पन्त यस्तो प्रशन गरेका हुन् ।  वर्षौंदेखि सरकारी जग्गा कब्जा गरेर व्यापार व्यवसाय गरिएको छ ।

    ठुला उद्योगपति तथा पैसा भएकालाई कानुन नलाग्ने र पैसा नभएकाहरूलाई मात्रै कानुन लाग्ने कुरा स्वीकार्य नहुने उनले बताए ।

    यसमा व्यवसायीहरूले आफ्नो स्वार्थ मात्र हेर्न नहुने पन्तले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार