Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाल तेस्रो देशका नागरिकहरूको अखडा बन्यो : सांसद पन्त

    नेपाल तेस्रो देशका नागरिकहरूको अखडा बन्यो : सांसद पन्त

    भारतीयलाई पनि कडाइ गर्नुपर्छ

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 363
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय नागरिकलाई सिमा नाकामा कडाइ गर्नुपर्ने धारणा राखेका छन् ।

    आजको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनले भातरसँगको सिमा व्यवस्थित गर्नुपर्ने बताए । उनले भने–‘खुल्ला सीमा व्यवस्थित गर्नुस् । भारतले हाम्रा नागरिकलाई कडाइ गर्दा हामी किन नसक्ने ?’



    सांसद पन्तले नेपाल तेस्रो देशबाट आएर बसोबास गर्ने मानिसहरूको अखडा बन्दै गएकोमा पनि असन्तुष्टि पोखे ।



    उनले रोहिङ्गा शरणार्थीको विषय पनि बैठकमा उठाए । उनले भने–‘यथार्थ जानकारी होस् । भारतसँगको सीमा व्यवस्थित गर्नुस् । किन भने नेपाल जो पनि आएर बस्ने ठाउँ भयो । रोहिंगाको विषय प्रमाणसहित आइरहेको छ । तेस्रो लिंगीहरू जसले लुट्छन् । उनीहरू नेपाली होइनन् ।’

    यो मुलुकमा जो आएर जे पनि हुने हो ? भन्ने प्रश्न गर्दै उनले पाकिस्तानी महिला नेपालको बाटो प्रयोग गरेर भारत जादा हंगामा भएको पनि स्मरण गरे ।

    सांसद पन्तले विमानस्थलमा पछिल्लो समय घएको घटनाबारे पनि प्रश्न गरे । विमानस्थलमा देखिएको दृष्यले राष्ट्रिय अन्तर्राष्ट्रिय बेइज्जत भएको भन्दै प्रहरीलाई मात्र कारबाही भएको तर कर्मचारीलाई नभएको बतउँदै उनले भने–‘जबकी कर्मचारीले हात हाल्न थालेको देखिन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार