Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमाले सांसद पन्तको प्रश्न – ठमेलको जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ ?

    एमाले सांसद पन्तको प्रश्न – ठमेलको जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ ?

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 294
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले काठमाडौंको जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ भन्दै प्रश्न गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले जुद्धोदय माविको भाडाबारे काठमाडौं महानगरपालिका र अख्तियारको ध्यानाकर्षण गराएका हुन् ।



    सांसद पन्तले तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले स्थापना गरेको जुद्धोदय माविको अहिले बेहाल भएको बताए ।



    सांसद पन्तले भने, ‘ठमेलमा ठुलो दरबार जत्रो जुद्धोदय स्कुल थियो जहाँ मैले पढेको थिएँ । त्यो बिल्डिङ गयो, त्यसको ठाउँमा नयाँ बिल्डिङ बनायो, कमिसन र ठेक्कामा त्यहाँको हेडमास्टरले बदमासी गरेर अहिले सानो कुनामा स्कुल थन्किएको छ । महिनाको करोडौँको भाडा कसले खाइरहेको छ पत्तो छैन ।’

    उनले त्यसको छानबिनका लागि महानगरपालिकामा निवेदन समेत दिइएको तर अहिलेसम्म छानबिन नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार