Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद शाहीको चेतावानी- भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही नगरे संसद चल्न दिँदैनौँ

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको बोल्दै उनले अख्तियारमा थन्किएर रहेको भ्रष्टाचारको फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उनको भनाइ छ ।

भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन गरि दोषीलाई आवश्यक कारबाही प्रक्रिया अघि नबढाए सदन पनि चल्न नदिने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077