Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप छनोटमा नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि नेदरल्यान्ड्सको टोली घोषणा भएको छ ।

जिम्बाब्वेमा यही असार ३ देखि २४ गतेसम्म हुने छनोट प्रतियोगिताका स्कट एडवार्डको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो ।

प्रतियोगितामा नेपालसँगै नेदरल्यान्ड्स पनि समूह ए मा रहेको छ । घरेलु टोली जिम्बावेसँग जुन २० अर्थात असार ५ मा नेदरल्यान्ड्सको पहिलो खेल रहेको छ ।

नेपाल र नेदरल्यान्ड्सको खेल जुन २४ अर्थात असार ९ मा खेल रहेको छ । यस समूहमा नेपाल र नेदरल्यान्ड्ससँगै घरेलु टोली जिम्बावे,वेस्ट इन्डिज र अमेरिका रहेका छन् ।

विश्वकप छनोटमा नेपालसहित स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्स र आयरल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।

यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् ।

नेदरल्यान्ड्सको टोली

स्कट एडवर्ड्स (कप्तान), म्याक्स ओडाउड, लोगन भान बीक, विक्रम सिंह, आर्यन दत्त, भिभ किङ्मा, बास डे लिड, नोआ क्रोस, रायन क्लेन, तेजा निदामानुरु, वेस्ले बेरेसी, शारिज अहमद, क्लेटन फ्लोयड, माइकल लेविट र साकिब जुल्फिकर

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077