Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब नेपालबाट सिधै अष्ट्रेलिया जान पाइने, नेपाल एयरलाइन्सले पायाे उडान अनुमति

काठमाडौं । अब नेपालबाट अष्ट्रेलियाको उडान लिन सकिने भएको छ । नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको हो।

निगमले सातामा वाइडबडीबाट २ उडान गर्न अनुमति र समय पाएको हो । सिड्नी विमानस्थलले बिहीबार र शनिबार उडान अनुमति दिएको छ।

काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्न लागेको निगमले जनाएको छ ।

विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग उडानका लागि अनुमति माग्दै सबै विवरण बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077