Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • एमाले गण्डकीको सदस्यबाट ढोरपाटनका मेयर नेपाली निलम्बित

    एमाले गण्डकीको सदस्यबाट ढोरपाटनका मेयर नेपाली निलम्बित

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 825
    SHARES

    बागलुङ । एमाले गण्डकीले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रदेश सदस्यबाट निलम्बन गरेको छ ।

    इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका देवकुमारले बचतकर्ताको रकम हिनामिना गरेको पुष्टि भएपछि एमालेले सो निर्णय गरेको हो।



    नेपाली एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हुन् । एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय बैठकमार्फत नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।



    सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको भन्दै उनले छानबिनका लागि निलम्बन गरिएको बताइएको छ ।

    सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत शुक्रबारदेखि सम्पर्कविहीन छन् । उनी गएको निर्वाचनमा एमालेकै टिकटबाट मेयरमा निर्वाचित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार