Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ढोरपाटन नगरपालिकाका मेयर नेपाली एमाले प्रदेश कमिटीबाट निलम्बित

    ढोरपाटन नगरपालिकाका मेयर नेपाली एमाले प्रदेश कमिटीबाट निलम्बित

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 516
    SHARES

    काठमाडौं । नेकपा एमालेले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ ।

    इमेज वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेपछि एमालेले मेयर नेपालीलाई निलम्बन गरेको हो ।



    एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका मेयर नेपाली इमेज वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत हुन् ।



    एमाले गण्डकी प्रदेश कमिटीले बुधबार एक विज्ञप्ति जारी गरी नेपालीलाई यो घटनाको निरुपण नहुँदासम्म निलम्बन गरिएको उल्लेख छ ।

    त्यस्तै छानबिनमा सहयोग पु¥याउन पनि नेपालीलाई एमालेले आग्रह गरेको छ । उनीसहित इमेज सहकारीका पदाधिकारी वचतकर्ताको रकम फिर्ता नगरेर हाल फरार रहेका छन् ।

    गृह मन्त्रालयले संस्थापक अध्यक्ष नेपाली, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्दसमेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार