Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फरार रहेका ढोरपाटनका मेयर नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी

    फरार रहेका ढोरपाटनका मेयर नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 369
    SHARES

    पोखरा । बाग्लुङको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।

    नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)को अनुरोधमा इन्टरपोल महासचिवालयले बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरी फरार भएका मेयर नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको हो ।



    गत जेठ ५ गतेबाट फरार भएका इमेज सहकारीका संस्थापक अध्यक्ष मेयर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारीको झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन गरेकोे आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।



    मेयर नेपालीलाई पक्राउ गर्न रेक कर्नर नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् ।

    बागलुङ बजारमा मुख्य कार्यालय खोलेर बुर्तिवाङ, गलकोटमा सेवा कार्यालयका नाममा कारोबार गरेको इमेज सहकारीले १ अर्ब ३८ करोड र देवकुमारकै नेतृत्वमा इमेजकै नाममा पोखरामा छुट्टै दर्ता भएको सहकारीबाट ६० करोड रुपैयाँ हिनामिना भएको भन्दै अदालतमा बिगो दाबीसहित मुद्धा दर्ता गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार