Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • योगेश भट्टराई भन्छन् – आईजीपी कुँवर र ओलीका स्वकीय सचिवमाथि पनि छानबिन हुनुपर्छ

    योगेश भट्टराई भन्छन् – आईजीपी कुँवर र ओलीका स्वकीय सचिवमाथि पनि छानबिन हुनुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरी महानिरीक्षक बसन्त कुँवरमाथि पनि छानबिन हुनुपर्ने माग गरेका छन् ।

    बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै उनले यस्तो माग गरेका हुन् । उनले महानिरीक्षक कुँवरको पनि नाम जोडिएको भन्दै बयान लिनुपर्ने बताए ।



    ‘नेपाल प्रहरीको आईजीपीकै नाम आएको छ। आईजीपी’सावले पनि आएर बयान दिनु पर्छ। म त भन्छु–बसन्त कुँवरजीलाई। यदि तपाईको संलग्नता छैन भने तपाईंमाथि उठेका प्रश्न क्लिएर गर्नुस्,’ उनले भने ।

    सो प्रकरणमा नाम जोडिएका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले पनि बयान दिनुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार